तीन दिने हस्पिटालिटी र कुक तालिम नयाँ गाउँ होमस्ट्रेमा सुरु

 मधुपौडेल,

बाँके,असार,१०-
पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ नयाँगाउँ होम स्ट्रेमा त्यहाँका सञ्चालक तथा सदस्यहरुलाइ लक्षित गरी ३ दिने आतीथ्य संस्कार अर्थात हस्पिटालिटि र कुक सम्बन्धी तालिम सुरु गरिएको हो ।

नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग सुरु गरिएको तालिममा होमस्ट्रेमा पाल्ने पाहुनाहरुलाइ कसरी स्वागत सत्कार गर्ने , पाहुनाहरुलाइ कसरी स्थानिय स्वादहरु पस्कने ,स्थानियहरुको माग अनुसारको खानेकुरा पकाउने तरीकाका विषयमा प्रशिक्षण दिइने संघका अध्यक्ष अमृता केसीले बताउनुभयो ।

तालिमको सहजिकरण पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मा , होटल अर्गनाइजेसन बाँकेका वरिष्ठ उपाध्यक्ष उमा गा्रन्डेन लगायत स्थानिय प्रशिक्षक गरिरहनुभएको छ ।

कार्यक्रममा सहभागिकहरुले आफुहरु पहिला पनि तालिम लिएको तर त्यसमा सैधान्तिक कुरा बढि गरीएको हुदा“ विगतका तालिमलाई त्यत्ति व्यवहारीकता दिन नसकिकाले सैद्धान्तीक भन्दा प्रयोगात्मक तालिम हुनुपर्ने बताएका थिए । तालिम ३ दिन सम्म सञ्चालनमा हुने संघका सचिव मधु पौडेलले जनाकारी दिनुभयो ।