निजगढ रतनपुरीमा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने

फाईल तस्विर !!

बारा,भदौ,१८-बाराको निजगढ रतनपुरीमा शनिबार नेकपा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटि बाराको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

फाईल तस्विर ।।

नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले आयोजना गर्न लागेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय क.महेश बस्नेतको प्रमुख आतिथ्य रहने छ ।

कार्यक्रममा सम्पुर्ण पार्टि कमिटी जनबर्गिय संगठनका कम्रेडहरु पार्टि संगठित सदस्य तथा शुभचिन्तकहरु सबैलाई उपस्थितिको लागि निजगढ नगर कमिटिका अध्यक्ष दिल बहादुर लामाले हार्दिक अनुरोध गर्नुभएको छ। कार्यक्रम निजगढ नगर पालीका वडा न.११ रतनपुरमा हुनेछ । 

सोही कार्यक्रम २०७८ भाद्र १९ गते शनिबार ११ बजे नेरा माबी को प्रांगानमा हुने नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले जनाएको छ ।