काठमाण्डौबाट १ सय ५४ जना बोकेर उडेको जहाजमा चरा ठोक्किएको आशङ्का

२ सय ५० यात्रु बोकेर जापान उड्दै नेपाल एयरलाइन्स काठमाडौं,जेठ,१३-काठमाडौंबाट बैंग्लोरका लागि उडान लिएको नेपाल वायुसेवा निगमको जहाज डाइभर्ट गरी फिर्ता गराइएको छ।

त्रिभुवन विमानस्थलबाट केहीबेर अघि उडेको जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ।निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ।

जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ।यद्यपि घटनाबारे वास्तविक तथ्य खुल्न बाँकी रहेको छ।