प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा

Image Not Foundकाठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान  नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् । 

टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् ।

सर्वाेच्च अदालतले वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने फैसला गरेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू पहिलो पटक विमानस्थलको निर्माण क्षेत्रमा पुगेका हुन् । 

निजगढ विमानस्थल निर्माणको प्रगतिबारे जानकारी लिन उनीहरू सो क्षेत्र गएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।