सरस्वती लामाको नेपालगन्जमा यति बब्बाल क्रेज ( भिडीयो सहित)

नेपालगन्ज,पौष,२९-

नेपालगन्ज महोत्सवको तेस्रो दिन हिजो शनिबार रक गायिका सरस्वती लामाले दर्शकलाई बेस्सरी मनोरन्जन दिएकी थिइन।

मेलाको प्रमुख आकर्षणमा रहेकि गायिका सरस्वती लामाले उर्वशी ,कलिलो तामालाई, राजन गुरुङ्गको उहिखोलिमा पानी लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई उफारेकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको दोस्रो अडिसन पनि शनिबार सम्पन्न थियो।

( भिडीयो हेर्नुहोस् )

अडिसन दिन शनिबार जम्मा २२जना प्रतियोगिले अडिसन दिएका थिए।साथै मेलाको चौँथो आइतबारको दिन गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।