तालिबानले बन्द गरायो अफगानिस्तान-भारत सीमापार व्यापार

तालिबानले बन्द गरायो अफगानिस्तान–भारत सीमापार व्यापारएजेन्सी,भदौ,३-अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ। 

यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।

फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान आयात-निर्यात रोकिएका छन्। 

व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ।