बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोशन घर्ति
दाङ,असोज,२४-
दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिनुभएको छ ।दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिटर दाङतर्फ पर्छ ।