नेपालमा २१० जना कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

काठमाडौं,साउन,१४-नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन्।

हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए। ३ लाख ५८ हजार ३ सय ४४ जनाको हालसम्म पीसीआर परीक्षण भएको गौतमले जानकारी दिनुभयो।

हालसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने संख्या १४ हजार २१ जना पुगेको उनले जानकारी दिनुभयो ।