नेपाल सुपर लिग : आज एफसी चितवन र बुटवल लुम्बीनी भिड्ने

काठमाडौं,मंसिर,२१-नेपाल सुपर लिग एनएसएलमा आज बिहिवार एफसी चितवन र  बुटवल लुम्बीनी भिड्दैछन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।दुवै टिम प्रतियोगिताको चौथों खेलमा मैदान उत्रन लागेका हुन्।

पछिल्लो खेलमा लयमा देखिएको एफसी चितवन ३ खेल खेल्दा उसले एक मा हार एक खेल ड्र र एक खेलमा जित निकाल्दै ४ अंकका साथ लिगको ५ औं स्थानमा रहेको छ।आज पनि एफसी चितवन स्पष्ट ३ अंक निकील्ने गरी मैदानमा उत्रदैछ।

यस्तै बुटवल लुम्विनीले भने ३ खेल खेल्दा २ मा हार र एक खेलमा जित निकाल्दै ३ अकंका साथ लिगको ७ औं स्थानमा रहेको छ।बुटवल लुम्बिनी पनि आज स्पष्ट जित निकाल्न मैदान उत्रदैछ।