पोखरा थन्डर्स नेपाल सुपर लिगको शीर्षस्थानमा

बिहीवार एफसी चितवन र बुटवल लुम्बिनी बिच खेल हुने

unn.prixa.netकाठमाडौं,मंसिर,२०-नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ ।

आज बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० गोलले हराउँदै पोखरा विजयी भएको हो।

अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो।

यस्तै, इलामले काठमाडौं र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो।पराजित भएको इलाम ३ अंकसहित छैटौँ स्थानमा छ।९ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी दोस्रो स्थानमा रहेको छ भने ललितपुर ६ अंकका साथ तेस्रो स्थानमा छ।

भोली बिहीवार भने एफसी चितवन र बुटवल लुम्बिनी एफसीले प्रतिस्प्रर्धा गर्नेछ।खेल नेपाली समय अनुसार बेलुकि ५ बजे दशरथ रंगशालामा हुनेछ।