यसको कारण इश्बर दयाल मिश्र जितको नजिक

अराज सिहं बेल्बासे/

कपिलवस्तु,कार्तिक,२९-

कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा उमेदवार इश्बर लयाल मिश्र जितको नजिक रहेका छन । पुर्व मन्त्री समेत रहेको मिश्रले छोटो समयमा बिकासका कार्यहरु गरि जनताको मन समेत जितेका छन । राज्य मन्त्री हुँदा करिव ५० किलो मिटर सडक कालोपत्रे गर्नुका साथै मधेसीजनताको हक अधिकारको लागी लढीरहने नेता भएकोले पनि आफु जितको नजिक भएको मिश्रले बताउछन ।

राजपा बाट छुटिएर स्वतन्त्र समुह बनाइ सुर्य चिन्ह लिएर चुनाव लडेका मिश्रले मधेसको अन्य सासंदले १५ बर्ष सम्म केही गर्न नसकेको र आफुले जिते ५ बर्षमा जनताले महसुर हुने गरि बिकास नगरे राजनिती बाट सन्यास लिने समेत बताएका छन ।

क्षेत्रनम्बर ३ मा शिबराज नगरपालिका र बिजयनगर नगरपालिका स्थानिय चुनाबमा एमालेको मत धेरै रहेको छ भने कृष्णनगर नगरपालिकामा उपमेयर जितेको माओवादी केन्द्रको समेत जोडदा तुलनामा बामगठबन्धनको बढी रहेको पाइन्छ यस्तै प्रतिनिधी सभामा उमेदवार रहेका इश्बर दयाल मिश्रका समेत हजारौ सर्मथक अहिले बाम गठबन्धन लाइनै मत दिने हो भने पनि बाम गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

शिबराज नगरपालिका,बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको स्थानिय तहको नतिजा अनुसार बामगठबन्धन अरु दल भन्दा अगाडि छ एमाले एकलैले स्थानिय चुनाबमा १० हजार ५ सय ३ मत प्राप्त गरेको थियो जस्मा माओवादी केन्द्रको ५हजार १ सय १८ मत थपिदा १५ हजार ६ सय २१ हुन्छ भने काग्रेशको मत स्थानिय चुनावमा अजय थापाको २ हजार ६ सय ७१ सहित पनि ८हजार ७सय ९८ हुन्छ ।

यस्तै सघिँय समाजवादी फोरमको मत स्थानिय निकायमा करिव ७ हजारको हाराहारीका रहेको थियो । यस्तै प्रतिनिधी सभामा २२ पैदेश सभा १ मा २४ र प्रदेश सभा २ मा २३ जनाको उमेदवारी परेकोले स्थानिय चुनाबका भोट र इश्बर दयाल मिश्रका भोट सुनिश्चित गर्न सके बाम गठ बन्धन जितको नजिक हुन सक्छ

स्थानिय निकायको चुनावको आधारमा बामगठबन्धनको प्रमुख प्रतिसप्रघी नेपाली काग्रेश र सघिंय समाजवादी फोरम भन्दा अगाडी रहेको बामगठबन्धनका उम्मेदवारको चर्चा र परिचर्चा संगै जित हुने पक्का भएपछि कांग्रेस , सघिय समाजबादी फोरमका उम्मेदवार चिन्तित बन्न थालेका छन ।

स्थानिय निकायको चुनावमा पनि काग्रेश पछाडी रहेकोले अबको चुनाबमा पनि पछाडी रहन सक्ने देखिएको छ । विगत बर्षमा पहाडीया र मुस्लिम समुदायको भोट चाहिदैन भनेर भाषण गर्ने अभिषेक अहिले तिनै पहाडीया र मुस्लिम समुदायमा पुग्दा सोचे अनुसारको भोट काग्रेशमा नआउन सक्छ ।

यस्तै : यहि चुनावमा समेत काग्रेशका अकिल मिया लगायत टिकट नपाएर स्वतन्त्र उमेदवारी समेत दिएका थिए पछि फिर्ता लिए पनि उनि निकट कार्यक्रता निराश भएका पनि छन यस्तै स्थानिय चुनावमा स्वतन्त्र उमेदवार बनेका जानकी प्रसाद यादव लाइ काग्रेशले टिकट दिने भनेर प्रबेश गराए पनि अन्त्यमा टिकट दिएन र स्वतन्त्र उमेदवारी दिएका छन त्यसले समेत काग्रेश लाइ असर पार्ने देखिन्छ ।

सघिंय समाजबादी फोरम बाट काग्रेशमा प्रबेस गरेका अभिषेक प्रताप साह सगै धेरै कार्यक्रता समेत काग्रेशमै प्रबेश गरेकाले पनि काग्रेश र फोरमको स्थानिय निकायको मत अनुसार पनि बाम गठबन्धन अगाडी रहेको हुदाँ पनि बामगठबन्धनका उमेदवार आफु हरुको जित सुनिश्चित रहेको बताइ रहेका छन ।

प्रदेश सभा २ मा पनि बिरेन्द्र कनोडिया यस क्षेत्रमा खासै लोक पृय नभएका नेता हुन कृषक हरुको करौडौ बक्यौता बाकीँ राखेर किसान बिरोधी जस्तै रहेका उनि प्रति किसान हरु समेत असन्तुष्ट रहेका छन साथै चिनी मिलनै सारे पछि किसान हरुले भोट नदिन सक्ने देखिन्छ ।