मलेसियामा मृत्यु भएका बोहराको शव नेपाल ल्याईयो

मलेसिया,असार, ८-

कन्चनपुर, महेन्द्रनगर घर भई केहि बर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया आएका डबल बहादुर बोहोराको सबलाई सुदुरपश्चिम सेवा समाज मलेसियाको बिशेष पहल तथा राजदुतावास मलेसियाको सहयोगमा बुधबार सब नेपाल पठाएको छ।

बोहोरा गत आईतबार सुदुरपश्चिम सेवा समाज मलेसियाको अधिबेसन तथा सांस्कृतिक धमाका सकिएर साझ कोठामा सुत्यका बोहोरा सोमबार बिहाना मृतक अवस्थामा भेटिएका थिए। घरमा श्रीमती दुई छोरा हरु रहेका छन्।।