मोडल थापाको अभिनयमा आधुनिक गित “म मरेको खबर ”सार्बजनिक

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, ८-

पछिल्लो समयमा मोड्लिगं क्षेत्रको एक परिचित नाम बुद्धबिर थापाको अभिनयमा “म मरेको खबर” सार्बजनिक भएको छ । आफ्नो प्रेमिका सगंको सम्बन्धमा म मरेको खबर पाए तिमी आउछौं की आउदैनौं भन्न भावहरु लाई समेटिएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

प्रयास एल्बममा रहेको यस गित केही समय अगाडी नै सार्बजनिक भए पनि भिडियो भने भर्खरै मात्र बजारमा आएको छ ।प्रेम सागर पौडेल र प्राप्ती पौडेलको प्रस्तुती रहेको यस गितको लय तथा शव्द सिर्जना प्रेम सागर पौडेलको रहेको छ भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।

अभिनयमा थापा सगै चर्चित मोडल अञ्जली अधिकारीलाई देख्न सकिन्छ ।चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन बासु बरालको रहेको छ भने सम्पादन मिलन बि.कले गरेका छन् ।

बि स्टार फिल्मस प्रा.लीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई रक्षा म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

भिडीयो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।