सकियो खजुरा महोत्सव

नेपालगन्ज,फाल्गुन,६-
बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो ।

समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए । कौशलको प्रस्तुती सगै महोत्सव सन्चालन गर्न सहयोग गर्ने विभिन्न १३ वटा उप समितिलाई प्रसन्शा पत्र प्रदान गर्दे खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले मौसम प्रतिकुलताका कारण पनि समय अवधिभर महोत्सव सन्चालन गर्ने आयोजकलाई धन्यबाद दिइन ।

खजुरा गाउँपालिकामा प्रार्देशिक महोत्सव सन्चालन गरीनु गौरवको विषय बनेको बताइन । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका कार्यबाहक अध्यक्ष समर बहादुर खत्रिको अध्यक्षतामा महोत्सव समापन भएको थियो ।

आधुनिक युवा सञ्जाल, वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा गरएिको थियो ।