आजको राशिफल ।। साउन १४ गते शनिवार ।।

काठमाडौं,साउन,१४-आज विक्रम संवत २०७९ साल साउन महिनाको १४ गते शनिवार, (जुलाई ३० तारिख) साउन शुक्ल द्धितीय तिथी !!

आज साउन १४ गते शनिवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन मनमा दुबिधा उत्पन्न होला।शृङ्गारमा धन खर्च हुनेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।पुराना साथीभाइसित भेटघाट हुनेछ।सोच्दै नसोचेको धन हातलाग्न सक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन मनमा शान्तिको अनुभूति हुनेछ।सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।कार्य सम्पादनमा सहजता मिल्नेछ।वैदेशिक कार्य पनि अघि बढ्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सुखद् यात्राको योग छ। स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ।वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ।व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।विद्या र बुद्धिको विकास हुनेछ।दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्।दाम्पत्य जीवन सुखमय हुनेछ।नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन प्रेमीको सहयोग प्राप्त हुनेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन समय भरपर्दो रहनेछैन । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन उमङ्ग र उत्साहमा कमी आउनेछ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन धार्मिक कार्यमा मन जानेछ ।लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल