साफ यू-२०: आज नेपाल र भारत भिड्ने

खेल भरै बेलुकि ७:१५ बजे सुरु हुने

फाईल तस्विर !!

भारत,साउन,१५-साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज (आईतबार) नेपाल र भारत भिड्ने भएको छ।

नेपलले तेस्रो खेलमा भारतको सामना गर्न लागेको हो।भारतको कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल भरै बेलुकि ७:१५ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुबैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।नेपाल भारतलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । भारत पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहान्छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।