आइपिएल खेल्ने पहिलो नेपाली सन्दिप लामीछाने

२० लाख भारुमा अनुबन्ध

काठमाडौं, माघ,१४-

सन्दिप लामीछाने

विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्दिप लामिछाने खेल्ने भएका छन् ।

आइपिएल खेल्ने नेपाली खेलाडी मध्य सन्दिप पहिलो हुन् ।प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो ।

दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उदीयमान युवा खेलाडीको रुपमा विश्व क्रिकेट जगतमा सन्दिपको चर्चा भएको थियो ।

नेपाली राष्ट्रिय टोलीको समेत महत्वपूर्ण सदस्य रहेका लामिछानेलाई फ्रेन्चाइज टोलीहरुकै विशेष अनुरोधमा आइपिएलको अक्सनमा समावेश गरिएको थियो ।