कक्रोजको जन्मदिनमा मृगौला पिडित गायिकालाई ४० हजार सहयोग

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,माघ,१४-
चर्चित नेपाली हास्य सिरिएल भद्रगोल का चर्चित कलाकार हरि निरौला(कक्रोज) को जन्मदिनको अवसरमा आईतबार भद्रगोल टिमले दुबै मृगौला फेल भएर काठ्मान्डौ टिचिङ्ग अस्पतालको सैयामा मृत्यु सङ्ग लडिरहेकी प्रतिभाकि धनी गायिका जलजला परियारलाई नगद रु.४० हजार सहयोग गरेको छ।

सम्पुर्ण भद्रगोल टिम अस्पतालमै पुगेर पिडित जलजलाकी आमालाई रकम हस्तातान्तरन गरेको थियो।पिडित जलजला गायन प्रतिभाको खोजी कार्यक्रम “नेपाली तारा सिजन ३” बाट आफ्नो चर्चा कमाउन सफल भएकी थिइन।हाल उनि भारतको कल्कतामा शास्त्रीय सङ्गीत बिषय अध्ययन गर्दै आईरहेकि थिइन। एक्कासी मुख सुन्निने समस्या देखिए पछि उनलाई अस्पताल पुर्याईएको थियो।