सुनको भाउ बढ्यो : तोलाको ७३ हजार ४०० रुपैयाँ

काठमाडौं,भदौ,१२-

सुनको भाउमा पुनः वृद्धि आएको छ ।आज बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ । 

बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।