नि:शूल्क शिक्षा नीति बिपरित दाङका विद्यालयमा भारी शूल्क

नरेश खड्का

दाङ, जेठ,२३-

‘एक बोरा चामल किनूँला भने र जम्मा गरेको पैसाले छोराको नाम लेखाइदिएँ । नौ कक्षा उत्तीर्ण गरे र १० कक्षामा गएको छोराले सबैले नाम लेखाए, छिटो नाम लेखाइदे ऊ आमा भन्दै झगडा गर्न थाले पछि सेन्टर  स्कुलमा गएर नाम ले खाइदिएँ– नाम नभन्ने शर्तमा एक अभिभावकले भन्नुभयो ।

उहाँले चामल किन्न राखे को चौध सय ५० रुपै याँमध्य बाह्र सय रुपैयाँ स्कूलमा लगे र बुझाउनुभयो छोराको नाम लेखाउनका लागि ।‘दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसाले घरभाडा तिर्नुपर्यो , घरखर्च चलाउनुपर्यो , कहिले काहीं बिरामी भइन्छ औ षधिमुलो गर्नुपर्यो , यही एउटा छो रालाई राम्ररी पढाउन सकिएको छैन’, उहाँले दुखेसो पोख्नुभयो । यिनी त उदाहरणका पात्र मात्र हुन् ।

यस्ता धेरै गरिब विपन्न वर्गका परिवारहरु निःशुल्क पढाइ हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि भर्ना र मासिक शुल्क तिरे र पढाउन बाध्य छन् ।नियमन गर्ने निकायको लापरवाहीका कारण दाङका धेरै सामुदायिक विद्यालयहरुले मनपरीरुपमा भर्ना शुल्क लिने गरेको अभिभावकले गुनासो गरेका छन् ।

सरकारले माध्यमिक तहसम्म निःशुल्क पठनपाठनको व्यवस्था गरे पनि दाङका सामुदायिक विद्यालयहरुले त्यो नियम उल्लंघन गरे का छन् । उनीहरुले सहयो गका नाममा शुल्क उठाउने गरेका छन् । विद्यालयहरुले कक्षा एकदेखि नै भर्ना शुल्क लिने गरेका छन् ।

विभिन्न विद्यालयहरुले दिएको जानकारी अनुसार कक्षा १० मा न्यूनतम तीन सय ५० दे खि एक हजार दुई सय रुपै याँसम्म भर्ना शुल्क लिएका छन् ।भर्ना शुल्क मात्रै नभई कतिपय विद्यालयहरुले मासिक शुल्कसमे त लिने गरे को खुलासा भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माध्यमिक विद्यालयले कक्षा छदे खि भर्ना र मासिक शुल्क लिने गरे को छ । भर्ना शुल्क एक सय ५० दे खि तीन सय ५० रुपै याँसम्म लिएको छ भने मासिक शुल्क एक सय ५० दे खि दुई सय ५० रुपै याँसम्म लिएको छ ।

त्यसै गरी मावि से न्टर स्कूलले कक्षा एकदे खि नै भर्ना शुल्क लिने गरे को छ । कक्षा एकमा दुई सय रुपै याँ लिन शुरु गरे को विद्यालयले कक्षा १० सम्म एक हजार दुई सय रुपैयाँ लिने गरेको छ ।