लोक तथा दोहोरी गायक गोपालको पहिलो देउडा गीत : भागी बाइजाउँ बजारमा

नेपालगन्ज,मंसिर,१४-

‘मेरो माया लयो आफन्तैले´, ‘आइ.एम.इ गर’ , ‘नक्कलि मोरि’ जस्ता दर्जनौ चर्चित गीतहरुमा आवाज दिइसकेका चर्चित तथा लोकप्रीय गायक गोपाल नेपाल जि.एमको पहिलो देउडा गीत “भागी बाइजाउँ” सांगीतिक बजारमा सार्बजनिक भएको छ।

सालैजो, कौडा तथा दोहोरी विधामा रहेका थुर्पै गीतहरुमा स्वर दिइसकेका जिएमले देउडा गीतमा भने पहिलो पटक स्वर दिएको बताएका छन।आफ्नै लय तथा शब्द रहेको उक्त देउडा गीतमा स्वयम् आफ्नो सङ्गै तुलसी घर्तिको स्वर रहेको छ। 

सुन्दा नाचौँ नाचौँ लाग्ने उक्त गीतको भिडियोमा अन्जली चन्द र गायक जिएमको अभिनय रहेको छ भने अन्जली चन्दको निर्देशन, कुन्दन चन्दको छायांकन अनि नवीन घर्तिमगरको सम्पादन रहेको छ।
भिडियोमा कोहलपुर शहरको दृश्य देख्न सकिन्छ। गीतको भिडियो गायक जिएमले आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्बजनिक गरेका हुन। गीतको पुर्ण सफलताको कामना गर्दछौँ। 

(बिहानी अनलाइन परिवार)