घोराहीमा भोली हुने तीज विशेष साँस्कृतीक कार्यक्रमको तयारी पूरा

नरेश खड्का/
दाङ,भदौ २-
यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभएको छ ।

हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण

कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , गायक यादवनाथ योगि , कमल गाँउले , रोहन ओलि ,सन्दीप न्यौपाने , लगायत दर्जन बढी कलाकार आउने समेत आयोजक प्रेम शर्माले जनकारी दिनुभएको छ ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदन पर्दान तथा सस्कृतिको संरक्षकको लागि यो कार्यक्रम गर्न लागेको शर्माले बताउनु भयो ।

९०प्रतिशत काम सकिसकेको र बाँकी काम समेत तीब्र रूपमा अघि बढी रहेको जानकारी गराउनु भयो । प्रवेश निशुल्क भएकोले सम्पुर्णमा भदौ ३ गते घोराहिको बलमन्दिरमा उपस्थित हुन सम्पुर्णमा अनुरोध समेत गर्नुभयो ।