काँग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौं,माघ,२३-नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेको छ ।

आफ्नो पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसको विरोधमा काँग्रेसले आजको बैठक स्थगित गरेको हो । 

बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताइन् । त्यसपछि काँग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।

सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेको घोषणा गरेका थिए । बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । ईमेजखबरबाट