समाजसेवामा युवाको अग्रसरता आवश्यक

२०१८ को अध्यक्षमा भट्टराई सर्वसम्मत

नेपालगञ्ज,पुष,१-
सामाजिक कार्यमा लाग्न युवाहरुलाई उत्प्रेरित गर्नुपर्ने समाजसेवी गोवर्धन सिंह सम्झनाले बताउनुभएको छ । बढ्दो अमानविय कार्यहरुका कारण समाजमा धेरै नकारात्मक कुरा स्थापना हुन थालेकाले सामाजिक कार्यमा युवाहलाई उत्प्रेरित गर्नुपर्ने उहाँले बताउनुभएको हो । 

शनिबार नेपालगञ्जमा भएको नेपालगञ्ज जेसीजको ३६ शाखा अधिवेशन उदघाटन शत्रलाई सम्बोधन गर्दै समाजसेवी सम्झनाले बढ्दो बिकाससंगै मानिसलाई सहयोग दिने, साथ दिने र आफ्ना नाता सम्बन्ध बिर्सन थालेका सामाजिक मुल्य मान्यतालाई कायम राख्न अब युवाहरुको अग्रसरता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालगञ्ज जेसिज वर्ष १९७९ का अध्यक्ष समेत रहनुभएका सम्झनाले नेपालमा जेसीजले युवाहरुको बिकास र समाज बिकासमा खेलेको भूमिका स्मरण गर्दै यो समयमा युवाहरु सकारात्मक कामका लागि जिम्मेवारी लिनुपर्ने बताउनुभयो । अहिलेको व्यस्त समयमा कसैलाई पनि समाजसेवा गर्न फुर्सद छैन, उहाँले भन्नुभयो त्यसकारण युवाहरु अगाडी बढ्नुपर्छ र समाजमा राम्रा कामको थालनी गर्नुपर्छ ।

बिगतका समय जेसीजमा आफ्नो सहभागिता भएकै कारण आजसम्म सामाजसेवामा निरन्तर लागिरहन प्ररित गरिरहेको समाजसेवी सम्झनाको भनाई छ । हाल रेडक्रसमा रहेर समाजमा राम्रो काम गर्ने अवसर मिलिरहेको र अन्य क्षेत्रमार्फत पनि समाजको हितमा हुने गतिबिधि संचालनमा सहयेग गरिरहेको बताउनुभयो ।

उदघान शत्रमा बोल्दै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष हेमराज खनालले पछिल्लो समय जेसीजमा युवाहरुको सहभागिता बढ्दै गएको बताउनुभयो । उहाँले समाजसेवामा जेसीजले आफ्नो भूमिका निर्वाह गर्न सक्रिय भएकै कारण पछिल्लो समय युवाहरुको सहभागिता बढ्दै गएको बताउनुभएको हो । उहाँले धेरैभन्दा धेरै युवा परिचालन गरेर समाजसेवालाई अगाडी बढाइ रहेको र समाजसेवामा लाग्ने युवाहरुको क्षमता बिकासमा पनि सहयोग पुगेको बताउनुभयो ।

जेसीजले भूकम्प, बाढि, पहिरोमा परेकाको सहयोगका लागि बिभिन्न अभियान संचालन, असहाय तथा अशक्तलाई सहयोग प्रदान, अप्ठ्यारोमा परेका समदाय हितमा बिभिन्न कार्यक्रम, युवाहरुको क्षमता बिकास कार्यक्रम जस्ता कार्यक्रममार्फत समाजमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको संचार संयोजक भीष्म लोधले जानकारी दिनुभयो ।

अधिवेशनमा बोल्न वक्ताहरुले युवाहरुको सहभागितालाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । ससामाजिक काम गर्नका लागि धेरैभन्दा धेरै युवाहरुको जमात आवश्यक पर्ने भएको हुँदा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन । उदघाटन शत्रमा नेपालगञ्ज समाजसेवी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यसैविच : नेपालगञ्ज जेसीजको ३६ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी भब्यताका साथ ३६ औं शाखा अधिवेशन गरिएको हो । वर्ष २०१७ का अध्यक्ष बिशाल बिक्रम बर्माको सभापतित्वमा भएको अधिवेशनले वर्ष २०१८ का लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

निर्वाचन आयुक्त आनन्द बहादुर कर्माचार्यका अनुसार अध्यक्षमा अर्जुन भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा दिपक गुप्ता र प्रज्वल श्रेष्ठ तथा चार उपाध्यक्षका लागि पिंकी शाह, रोशन केसी, पृथ्वी कर्माचाय र लोकनाथ शर्मा चयन हुनुभएको छ । जेसीजको बिधान अनुसार अन्य पदहरु मनोनित गरिने व्यवस्था रहेको हुँदा महासचिव लगायतका पदहरुमा आगामी बैठकबाट मनोनित गरिने छ ।