सरस्वती र सुरजको गीतमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुष,२८-

नेपालगन्ज महोत्सवको तेस्रो दिन शनिबार नेपाल आइडलका सुरज थापा र गायिका सरस्वती लामाले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत आमाले सोध्लिन खोइ छोरा भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक थापाले खाइदेउ गोरि गालामा म्वाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सरस्वती लामाले लामिछाने भने,उर्वशी,कलिलो तामालाई लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको दोस्रो अडिसन पनि शनिबार सम्पन्न थियो। अडिसन दिन शनिबार जम्मा २२जना प्रतियोगिले अडिसन दिएका थिए।

साथै मेलाको चौँथो आइतबारको दिन गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।