१७ वर्षीय केपि खनालको नेतृत्वमा हुम्लामा राहत बितरण हुदै

सुशील भण्डारी/

हुम्ला,असोज,२५-

हुम्लाका नांगा छाती र भोका पेट हरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जानलागेको छ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ ।

सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुबाट र बिभीन्न संघ सस्थाहरुबाट राहत सामाग्री संकलन गरी कैलाली जिल्लाका केही पिडीत घर परिवारहरुलाई राहत बितरण गरेको थियो ।

अहिले भोकै छ हुम्ला भन्ने नारा बोकी राहत संकलन गरेको छ । हुम्लाका पिडीत हरुलाई राहत बितरण गर्नका लागी देश तथा बिदेशमा रहेका नेपाली हरुबाट र बिभीन्न संघ सस्था हरुबाट एक लाख १० हजार रुपैया र राहत सामाग्रीहरु संकलन गरेको छ ।

संकलन राहत २० जना पिडीत घर परिवार हरुलाई बितरण गर्नका निम्ति कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर सामथ्र्य नेपालका पश्चिम नेपाल संयोजक खनालको नेतृत्वमा आज टोली त्यस तर्फ जान लागेको हो ।

सामथ्र्य नेपालले अहिले देशमा शिर्जनशिल युवाहरुका हात हरु भन्ने मुल नाराका साथ बिभीन्न किसीमका सामाजिक कार्यहरु गर्दै आईरहेको छ टोलि मा युवा समाजसेवी टङक बिष्ट , धर्म राज न्यौपाले र कैलाली जिल्ला संयोजक काशिराम बजगाइ जाँदै हुनुहुन्छ।