राष्ट्र राष्ट्रियता धर्म सस्कार र सस्कृति रक्षार्थ एक प्रभावकारी अभियान ॐ जन-जागरण नेपाल

केपि खनाल/

काठमाण्डौं,असोज-२५-

भनिन्छ,जीवनलाई हेर्ने दृश्टिकोण नै जीवन हो । गलत अर्थले हेरिएको जीवनले गलत मोड लिन्छ सही अर्थमा ब्यतीत जीवनले सही मोड़ लिन्छ । जब छाती भित्र राष्ट् प्रेम हुन्छ उसलाई कुनै राजनैतिक पार्टीको सपोर्ट वा कार्यकर्ता भै रहनु पनी पर्दैन ।

आफैले एउटा स्वतन्त्र अभियान चलाएर देशको लागी केहि गर्न सकिन्छ भन्ने बलियो प्रमाण बनेका छन फेसबुकका केहि नेपाली युवाहरू । सामाजिक सञ्जाल लाई गलत प्रयोग गरी बिभिन्न ठगी गरेका वा त्यस्ता बिधुतिय अपराध गरेका कैयौ घटना त हामीले सुन्दै आएका छौ ।

ॐ जनजागरण केन्द्रिय अध्यक्ष : पदम कुँवर

तर सामाजिक सञ्जाल प्रयोग कर्ता हरु लाइ एकत्रित गरी देशको लागी समाजको लागी काम गरेका उदारणीय ब्यक्तित्व भने कमै पाइन्छन । तर सामाजिक सञ्जाल बाट हजारौ युवा संगठित गरेर जबरजस्ती धर्म परिवर्तन बिरुद्द्मा आवाज उठाउने गाउँहरु बस्तिहरु र

टोल टोल सम्म सचेतना जगाउने काम गर्नुका साथै भूकम्प पीडित लाई राहत बितरण गुल्मीका अग्नि पीडित लाई रहात बितरण बर्दिया लगायेत बिभिन्न स्थान हरुमा बाढी पीड़ित लाइ राहत वितरण गर्नुका साथै गौ रक्षा को लागी विभिन्न जन चेतना मूलक कार्यक्रम गर्दै सामाजिक समनताको लागी एकत्रित अभियान चलाउदै आएका केहि युवाको नेतृत्वदायी भूमिका सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

तपाई हरु सामाजिक सञ्जाल फेसबुकमा मज्ज़ाले देख्नु भको छ होला ॐ जन-जागरण नेपाल लेखेको पहेँलो फोटो आफ्नो प्रोफाइलमा राख्नेहरु पनि।। त्यहि अभियानले अहिले सबैको मन जित्न सक्षम बनेको छ। अर्घाखाँचीका पदम कुँवर, झापाका मिलन चुडाल, अर्घाखाँचीकै यूनिक क्षेत्री कमल, हरु लगायत अन्य केहि बिसेस ब्यक्तित्वहरुले नेतृत्व गरेर चलाएको अभियान अहिले लगभग

आधा नेपालको गाउँ गाउँ सम्म धर्म परिवर्तन र यसको असर, हिन्दुत्व र यसको महत्व, बारे ससक्त अभियान चलाउन सफल हुनुका साथै सामाजिक तथा सेवामूलक काममा अग्रसर देखिन थालेको छ ।। हजारौ युवा तथा बुद्दिजीवी बर्ग उनिहरुको साथमा छन ।

स्वदेश तथा बिदेशमा बसेर सिंगो नेपाल भरी प्रभावकारी अभियान चलाउने यी युवाहरुको जोश र जागर लाई आत्मसाथ गरिदिने संस्था र विभिन्न सहयोगी महानुभाव ज्यू प्रति सदैव ऋणी रहने बताउँछन् त्यहि अभियानका अधक्ष्य श्री पदम कुँवर ।

देश लाइ स्वाभिमानी राख्दै देशको मौलिकता र परम्परा जोगाइ राख्न यस अभियानलाइ सबै गाउँ र बस्तिहरुमा पुर्याउन आफूहरू बाट हरेक कोशिस गर्ने पनि बताउँछन ऊनी.. सकारात्मक सोच को पाटो जहिले सकारात्मक नै हुन्छ भन्ने प्रमाणित गरेका यी युवाहरू बाट सबै नेपाली युवाहरू ले पाठ सिक्न सक्छन र प्रेरणा मिल्ने छ भन्ने आशा तथा बिस्वास राख्दछौ ।।
श्रोत एक सच्चा नेपाली पुत्र