टोकियो,जेठ,३०-नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) जापान भ्रमणमा आउने भएको छ।

जापानको टोकियो शहरमा पहिलो पटक आउन लागेको आयोजक टिम परिचयका म्यानेजर दिपन मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार ‘द एक्स’ ब्यान्ड नेपाली रक संगीत प्रेमीमाझ निकै लोकप्रिय ब्यान्ड हो।जापानमा रहेका नेपाली दर्शक यो ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित हुने आफूहरुले विस्वास लिएको बताउनुभयो।
टिम परिचय जापानको आयोजना र Royal Lounge Bar को प्रायोजन रहेको यस कार्यक्रमले जापानमा रहेका नेपाली संगीत प्रेमीलाई एकै स्थानमा नेपाली रक संगीतको ऊर्जा र उत्साह अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) को विगतलाई हेर्दा ।
सन् १९९३ मा स्थापना भएको ‘द एक्स’ नेपाली रक संगीतको ईतिहासमा स्थापित भएको एक ब्यान्ड हो।नेपाली लोक भाकालाई रक संगीतसँग मिश्रण गर्दै यो ब्यान्डले तीन दशकभन्दा बढी समयदेखि श्रोताको मन जित्दै आएको छ।
‘द एक्स’ ब्याण्डको चर्चीत एल्बमहरु एउटा ‘चिठ्ठी’,को साहाराले, चिया बारिमा,‘मेरो एउटा साथी छ’ लगायतका लोकप्रिय गीतमार्फत नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपालीमाझ पनि विशेष स्थान बनाएको छ।
विशेष गरि यस ब्याण्डले नेपाली रक संगीतलाई मुख्यधारामा स्थापित गर्न योगदान पुर्याएको छ।लाइभ कन्सर्टमा ऊर्जा र दर्शकसँगको अन्तरक्रियाका कारण निकै लोकप्रिय बनेको पुरानो ब्याण्ड पनि हो।
तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई युवा पुस्तादेखि पुराना संगीतप्रेमीहरू सम्मको रोजाइमा पर्ने यस ब्यान्डले नेपाली रक इतिहासका सफल र दीर्घकालीन ब्यान्डमध्येमा आफ्नो नाम पनि दर्ज गरेको छ।
आयोजकका अनुसार कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन विशेष तयारी गरिरहेको जनाएको छ।जापानमा रहेका नेपाली समुदायबीच यस कार्यक्रमप्रति उत्साह बढ्दै गएको छ।
जुलाई १२ मा जापानको टोकियोस्थित Atom Tokyo, Shinjuku मा नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स (The Axe)’ ले विशेष सांगीतिक प्रस्तुति दिने आयोजक परिचय टिमका म्यानेजर दिपन मगरले जानकारी दिनुभयो।
यस कार्यक्रमको लागि टिकट तपाई बस्ने नजिकैको नेपाली रेष्टुरेण्ट र नेपाली हलाल पसलमा पाईनुका साथै अनलाईन टिकटको व्यवस्था पनि गरिको आयोजकले जनाएको छ।
अनलाईन टिकटका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस्।





