बिहानी एफसीका डिफेण्डर खेलाडी रमेश जिसीको बिदाई

क्लवमा तिनजना नयाँ खेलाडी अनुमोदन !!

फुकुओका,जापान,बैशाख,५-

बिहानीका कोच जिवन क्षेत्री डिफेण्डर खेलाडी रमेश जिसिलाई बिदाई गर्दै !!

बिहानी एफसीले आज बिहिबार आफ्नो डिफेण्डर खेलाडी रमेश जि सी लाई बिदाई गरेको छ ।

जापानको फुकुओकामा सन् २०१८ मा स्थापना भएको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई महत्वपुर्ण भुमिका निर्वाह गरेका डिफेण्डर खेलाडी रमेश जि सीको क्लवले बिदाई गरेको हो । बिहानी एफसिमा आबद्ध हुँदै आएका रमेशले फुकुओकामा हुने टुर्नामेण्ट मध्य ४ वटा टुर्नामेन्टमा सहभागी भई खेलमा डेफेण्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

डिफेण्डर खेलाडी रमेश नेपालमा नै केहि गरौं भन्ने मनसाय बोकि विदेशमा होईन स्वदेश मै केहि गर्नु पर्छ, भन्ने उद्देश्यका साथ जापान छाडी नेपाल जाने भएकोले बिदाई गरेको बिहानी एफसीले जनाएको छ ।

बिदाई पछि बिहानीका डिफेण्डर खेलाडी रमेश साथीहरुसंग अन्तिम पटक फेल्फी लिदै !!

बिहानी एफसिले एक महिना अघि मात्र दुई होनहार खेलाडी टिम क्याप्टेन राज बोहरा र बिजय गुरुङलाई बिदाई गरेको थियो । एक महिनाको अन्तरालमा फेरी क्लवले डिफेण्डर खेलाडीलाई बिदाई गरेको छ ।

एक पछि अर्को खेलाडीको बिदाई पश्चात टिमलाई केहि असर परे पनी बिहानी एफसिले तिनजना खेलाडीलाई अनुमोदन गरिसकेको छ ।अब आगामी २७ तारिखका दिन क्योदाई शिजुका एफसीले आयोजना गर्ने टुर्नामेण्टमा भने बिहानी एफसीमा बिल्कुलै नयाँ अनुहारका खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

बिहानी एफसीले तिन जना खेलाडीको बिदाई पश्चात लगत्तै तिन जना होनहार खेलाडीहरुलाई उनीहरुको स्थानमा क्लवमा अनुमोदन गरेका मध्य नयाँ खेलाडीमा नवलपरासीका जिवन क्षेत्री र धादिङका कृष्ण श्रेष्ठ, सुर्खेतका बिनोद बिष्ट रहेका छन् । बिहानी एफ सि ले तिनै जनालाई टिममा आबद्ध गर्दै जिम्मेवारी पनी सुम्पिसकेको छ ।

यस्तै:बिहानी एफ सीले तिन जना मघ्य एक महिना अगाडी दुईजना खेलाडीलाई क्लवमा अनुमोदन गरेको थियो,भने एक महिनाको बिचमा नयाँ फर्वार्डको रुपमा बिनोद बिष्टलाई अनुमोदन गरेको थियो ।

बिहानी एफसिमा फर्वार्डको रुपमा अनुमोदन भएका बिनोद बिष्ट !!

बिहानी एफ सी मा आवद्ध भएका नयाँ खेलाडी जिवन क्षेत्रीलाई टिम कोचको जिम्मेवारी दिईएको छ, भने कृष्ण श्रेष्ठलाई मिडफिल्डर र फर्वाडको रुपमा बिनोद बिष्टलाई अगाडी सारिएको छ ।

यसैबिच :नेपाली फुटबलको क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ फुटबलमा रुची राख्ने र पिछडीएका नयाँ खेलाडीहरुलाई समावेश गरि केहि समय पछि नेपालमा स्थानीय तहबाट सबै प्रकृिया पुर्याई क्लवलाई सन्चालनमा ल्याउने पनी बिहानी एफसिले जनाएको छ ।

गत वर्षबाट मात्र संचालनमा आएको बिहानी एफसीले जापानको फुकुओका शहर र कित्ताक्युशु शहरमा अध्ययनको शिलशिलामा आएका र फुटबलमा रुची राख्ने तर पिछडिएका खेलाडीलाई समावेश गरि सन्चालनमा ल्याएको थियो ।

बिदाई पछिका केहि तस्विरहरु !!