नेपालगंज शहरमा पनी हर्न निशेध

नेपालगन्ज,मंसिर,१-

नेपालगञ्जलाई शनिवार देखि हर्न निषेधित शहर घोषणा गरिएको छ ।बढ्दो सवारी चापका कारण ध्वनि प्रदूषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो । सीमा नाका जमुनाहबाट आज औपचारिक रुपमा हर्न निषेधित क्षेत्रको शुरुवात गरिएको छ ।

Nepalgunj City (नेपालगंज शहर)

‘हर्न निषेधित शहर, हामी सबैको रहर’ नारासँगै एक समारोहकाबीच निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले हर्न निषेध कार्यक्रमको उदघाटन गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सभ्य र समुचित तथा व्यवस्थित शहर निर्माणका लागि पहिलो बुँदाका रुपमा यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

Nepalgunj City

हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालक लगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताउनु।

सचेतनामुलक कार्यक्रम अन्तर्गत नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ बोर्ड राख्ने, यातायात समिति, व्यवसायी लगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रम समेत सञ्चालन गरिनेछ।