मेलम्चीको पानी आगामी पुससम्म काठमाडौंमा आईपुग्ने : मन्त्री यादव

काठमाडौं, भदौ,२०-

खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुससम्म मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौंमा ल्याइने बताउनु भएको छ ।काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गर्नुभयो ।

यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले २७ दशमलव ५ किलोमिटर टनेल खन्नुपर्नेमा १८ किलोमिटरभन्दा बढी खन्ने काम सकिएकाले अब पुसभित्र पानी आइसक्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा मन्त्री यादवले मुलुकमा सुन तस्करी बढे पनि कारोबारीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने बताउनुभयो । उहाँले सुन तस्करी गर्नेहरुको खोजी गरिरहेकाले चाँडै कारबाही गर्ने बचन दिनु भएको छ ।