बाँकेमा यसकारण जिताउनु पर्छ यी दुई महिलालाई

” म कहिल्यै हार्दिन ,कि जित्छु कि सिक्छु ” :

 बाँके,जेठ,२८-

नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी नेपालगञ्ज उपमहानगरपालिकाको उप मेयर पदमा उमा थापा मगरलाई उमेदवारी बनाएको छ । विद्यार्थी राजनिति देखी सक्रिय रहदै आएकी थापा विभिन्न समाजिक कार्यक्रममा पनि एकदमै सक्रिय रहेकी छन् ।

उपमेयरका उम्मेदावर थापा पत्रकार पनि हुनु हुन्छ, उहाँले लामो समय देखिनै पत्रकारिता गर्दै आउनु भएको छ । यस अवस्थामा  नेपालगंज उपमहानगरपालिकामा हुने जतिपनि अनिमियताहरु हट्ने आशा आम बाँके वासीले गरेका छन् । किनकि बाँकेमा बेला बेला यस्ता अनियमीताका अप्रिय घट्ना घटिरन्छन् ।

यस्ता बेला बेला भईरहने अनियमीतका कुरा रोक्न सक्ने क्षमता उम्मेदवार थापामा रहेको छ । सायद हुन सक्छ यसै कारणले होला आज नेपाली काँग्रेसले आम बाँके वासीको नेतृत्व गर्न हरेक कुरामा अनुभवि रहेको महिला नेत्री उमा थापा मगरलाई अगाडी सारेको छ ।

उम्मेदवार थापा संग पत्रकारिता देखी लिएर विभिन्न संघ संस्थामा, र सामाजीक कार्यमा रहेर काम गर्दाका धेरै भन्दा धेरै अनुभव उहाँमा रहेको छ । उहाँ जस्तो अनुभवि उम्मेदवार लाई यदि विजय बनाएमा बाँकेवासी अर्थात सबै सेवग्राहिलाई सहजता पुग्ने देखिन्छ ।

यसरी हेर्दा थापाको जित सुनिश्चित जस्तै पनि देखिएको छ । अब जुन तरिकाले आम बाँके वासीको लागि पार्टीले दक्ष महिला उम्मेदवार चयन गरको छ । त्यसरीनै आम मतदाताले आफ्नो अमुल्य मत खेर नजाने गरि मतदान गर्न जरुरी देखिन्छ ।

यसैविच,

नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी खजुरागाउँपालिकाको उपप्रमुख पदमा पनि यस्तै होनहार क्षमतावान महिला नेत्री दिपा आलेमगर लाई उम्मेदवार  बनाएको छ ।

उहाँ पनि आफ्नो विद्यार्थी जिवनकाल देखिनै विद्यार्थी नेता हुँदा सामाजीक कार्यमा सधैंव सक्रिय रहदै आउनु भएको छ ।

उहाँ नेपाल मगर संघको केन्द्रिय उपाध्यक्ष समेत हुनुहन्छ । उहाँ एउटा सफल र सक्षम नेतृत्व गर्न सक्ने क्षमतावान महिला नेत्री पनि हुनुहनन्छ । उहाँ लामो समय देखी पत्रकारिता क्षेत्रमा पनि उत्तीकै तल्लीन रहदै आउनु भएको छ ।

पत्रकारिता गर्दा उहाँले जनयुद्वकालको समयमा थुप्रै चुनौती भोग्नु भयो तर उहाले सधै जसो भन्ने गर्नुहुन्थ्यो ” म कहिल्यै हार्दिन ,कि जित्छु कि सिक्छु “भन्ने उहाँको यो महान भनाईलाई कदर गर्दै सम्भव त आज नेपाली काँग्रेस पार्टिले पनि सहि मुल्यङ्कन गरेको छ । यसर्थमा यस्ता समाज रुपान्तर गर्न सक्ने हस्तीलाई अब तपाई हामी सबैले पुर्ण बहुमतका साथ विजय गराउन जरुरी छ ।

उहाँ संग लामो समय देखिको पत्रकारिता, विभिन्न संघ संस्था, र सामाजिक कार्य गर्दाका थुप्रै अनुभव रहेको छ । अर्को गजवको  उहाँमा के कुरा पनि छ भने उहाँ जुन कुरामा लाग्नु हुन्छ, त्यो कामलाई  पुर्णता दिएरै छाड्नु हुन्छ ।

यस कारण पनि अब कहि कतै सोच्दैहुनुहुन्छ भने सम्पुर्ण खजुरागाउँपालिकाका बासीले उहाँलाई आफ्नो अमुल्य मत दिएर जिताउन आवश्यक देखिएको छ ।

जो खजुरागाउँपालिकाकामा देखिएका विभिन्न विसंगतीलाई हटाउदै र सोहि ठाउको विकासका कुरालाई सहि दिशामा नेतृत्व गर्दै समाज परिवर्तन गर्न सक्ने एक मात्र धरोहर महिला अर्थात उपप्रमुख पदका उम्मेदबार दिपा आले मगर हो । उहाँलाई लाई जिताउन आम खजुरागाउँपालिका बासीले एक पटक सोच्नै पर्ने बेला आएको छ ।

 “बिहानी अनलाईन”