थपिए ५९१ जना कोरोना संक्रमित, ६६४ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,११-नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् ।

उक्त अवधिमा संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ । त्यसैगरी हालसम्म ७ लाख ८९ हजार ७८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार मुलुकभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।