“शताब्दी पदक” नलीने प्रचण्डको घोषणा

 काठमाडौं,साउन,५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पदक नलिने घोषणा गर्नु भएको छ ।

त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ ।

साथै सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद दिनुभएको थियो ।