साफ यू–२० महिला च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दैकाठमाडौं,माध,२६-साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

आज बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।