५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट

नेपालगन्ज , फाल्गुन,११-

नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ।

एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए।

फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका करिव १५ सय विद्यार्थीहरुले शैक्षिक स्टलको प्रत्यक्ष अवलोकन गरेको र अन्तिम दिन आज पनि हिजो कै मात्रामा अवलोकन गरेको प्रदेश न ५ का कोअर्डिनेटर भरत बिष्टले जानकारी दिनु भयो।

समग्रमा मेला अवलोकन गर्न आएका विद्यार्थीले यो मेलाले आफ्नो शैक्षिक स्तर वृद्धि गर्न धेरै भुमिका खेलेको बताएका छन। मेलामा विद्यार्थीलाई प्रभुमनीपेको तर्फबाट रिचार्ज कार्डको पनि व्यवस्था गरिएको थियो।

उच्च शिक्षाका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च शिक्षा उपलबध गराउने र उच्च गुणस्तरका शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरुलाई गराउने मुख्य उद्देश्यले यो मेलाको आयोजना गरिएको को.बिष्टले जानकारी दिनु भयो । मेलामा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले आवश्यक परामर्श प्राप्त गर्न सफल भएजि पनि विष्टले बताउनु भयो ।