आदर्श मावि नेपालगञ्जले मनायो १८ औं बार्षिकोत्सव

नेपालगन्ज,फाल्गुन,११-
नेपालगन्जकै प्रतिष्ठित विद्यालय आदर्श मावि नेपालगञ्जले शनिवार १८ औं बार्षिकोत्सब मनाएको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरु , विशिष्ट व्यक्तित्वहरु, शिक्षक शिक्षिकाहरु , पत्रकारहरु लगाएत अविभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीको नृत्य, गीत, नाटक, फेशन शो लगायतका मनोरन्जनात्मक प्रस्तुतिले सम्पन्न उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण आदर्श माविका संस्थापक तथा प्रमुख एकेडेकिम एडभाइजर प्रकाश लामिछानेले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथीमा प्रदेश न ५ का सभासद आइपी खरेल, विशिष्ट अतिथिमा काठमान्डौँ मेधावी कलेजका संस्थापक तथा हिसानका वरिष्ठ उपाध्यक्ष टंक आचार्य रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा आदर्श मावी तथा एनएमसिका चिफ डाइरेक्टर ईश्वर पोखर, सनबिम स्कुलका चिफ डाइरेक्टर तथा आदर्शका संस्थापक डा. राजकुमार सुवेदी,आदर्शका संस्थापक तथा सनबिमका अध्यक्ष गिरिराज पौडेल, आदर्शका संस्थापक मुकेश गुप्ता, राजेन्द्र श्रेष्ठ, पवन गौतम, नेपालगन्ज उपमहानगरपालिका वडा न १२ का बुद्धिसागर सुवेदी, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभूषण बस्नेत लगाएतका विशिष्ट व्यक्तित्वहरु रहनु भएको थियो।

आदर्श माविका सह प्राचार्य टंक गौतमले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेलले विद्यालयहरुमा अब नैतिक शिक्षा अनिवार्य गर्न जरुरी रहेको बताउँदै आदर्शवान् र नैतिकवान् मानिस आजको आवश्यकता भएको औंल्याउनुभयो । आदर्श माविले बाँकेको शैक्षिक विकासमा अहम् भूमिका खेलेको चर्चा गर्दै उहाँले निम्न स्तरका अभिभावकहरुलाई पनि विद्यालयले समेट्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा विद्यालयका चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेलले विद्यालयले गरिरहेका गतिविधिहरु र भावी योजनाबारे चर्चा गर्नुभएको थियो । साथै उहाँले आदर्श तथा अदर्श ग्रुपले सन्चालन गरिरहेको नेपालगन्ज मल्टिपल क्याम्पस( एनएमसी)ले सामाजिक क्षेत्रमा गरेको योगदानको पनि चर्चा गर्नु भएको थियो।

विद्यालयका प्रमुख एकेडेमिक एड्भाइजर प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले, हिसानका बरिष्ठ उपाध्यक्ष टंक आचार्य, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभूषण बस्नेत, १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, आदर्श माविका संस्थापक सदस्य डा.राजकुमार सुवेदी, आदर्श माविका प्राचार्य विरभान केसीले स्वागत मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमका बरिस्ठ अतिथी मेधावी कलेजका संस्थापक तथा हिसानका वरिष्ठ उपाध्यक्ष टंक आचर्यले आफ्नो मन्तव्यका क्रममा आदर्श ग्रुपको भौतिक पुर्वधारको प्रशंसा गर्नु भएको थियो। यस विद्यालयबाट शिक्षा प्राप्त गरिसके पछि उच्च शिक्षाका लागि बिदेश तथा काठमाडौंका अन्य कलेजहरुमा विद्यार्थी जान आवश्यक नभएको कुराको बारेमा पनि चर्चा गर्नु भएको थियो।

त्यस्तै आफ्नो मन्तव्य राख्ने क्रममा आदर्शका संस्थापक तथा सनबिम स्कुलका चिफ डाइरेक्टर डा. राजकुमार सुवेदिले विद्यार्थीहरुलाई व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कुरा जानकारी गराउँदै त्यही बाटोमा आदर्श ग्रुपकै अर्को संस्था सनबिम पनि लागिरहेको बताउनु भएको थियो।

कार्यक्रममा गत बर्षको एसईई परीक्षमा उत्कृष्ट अंक ल्याएका अंशुराज ओली र विपिन पौडेललाई सम्मान गर्नुका साथै हरेक बर्ष प्रदान गरिने अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृति कोषका संरक्षक धु्रब अधिकारीले गत बर्षको एसईई परीक्षाका सर्बोत्कृष्ट छात्राद्वय अदिति बडवाल, ज्योति झा र आरति आचार्यलाई संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।