बाँकेको खजुरा मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा महानायक राजेश हमाल

डम्मर थापा मगर/

बाँके, माघ,५-

बाँकेको खजुरामा आयोजित मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा आज महानायक राजेश हमाललाई हेर्न दर्शकको सङख्या उल्लेख्य बढेको देखियो । महानायक हमालले खजुराका दर्शकमाझ आफ्ना फिल्मका डायलग पस्कनु भएको थियो ।

त्यसैगरी हमालसगै मञ्चमा रहेका लोकगायक नवीन पौडेलले गीत गाएर दर्शकलाई नचाउनु भयो । गायक पौडेलको गीतमा महानायक राजेश हमाल नाच्नु भएको थियो । आयोजक संस्था आधुनिक युवा सञ्जाल खजुराका अध्यक्ष तिलक बीर सुनारले महोत्सवबाट प्राप्त हुने मुनाफा बाबाको मजार मर्मत तथा क्लबद्वारा समाजिक क्रियाकलापमा खर्च गरिने बताउनु भएको छ ।

माघ १० गतेसम्म संचालन हुने मेलामा विभिन्न उत्पादन सामाग्रीका १ सय ५० स्टल राखिएका छन । मेला एक लाखभन्दा बढीले अवलोकन गर्ने रु १ करोडभन्दा बढीको कारोबार हुने आंकलन गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ मा मुसबेटवा बाबाको मजार रहेको स्थानमा मेला लागेको छ । मेलामा भोलि बद्री पंगेनी, करिश्मा घर्ती र रेशमा केसीको प्रस्तुती रहने जनाइएको छ ।