बागलुङे कलाकार प्रतिमा विश्वकर्मा र ताराकान्त वि.क.को चन्चले तिम्रो बानी बजारमा

काठमाण्डौं,माघ,६-

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा र उनको आफ्नै दाजु गायक ताराकान्त वि.क. को लय शब्द साथै चर्चित गायक तथा मोडल प्रकास सपुत र मुना रसाईलिको दमदार अभिनयमा रहेको लोक दोहोरी गित चन्चले तिम्रो बानी सारङगी संसार युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

छोटो समयमै दर्जनौँ गितमा स्वर भरिसकेकी गायिका प्रतिमा विश्वकर्माको यो भने उनको आफ्नो दोस्रो एल्बम हो । यस भन्दा अगाडि सज्जन कुमार सिंहको लय शब्दमा, गायक तथा नेपालका कुशल सारङगी बाद्यक कमल कुमार वि.क. र गायिका प्रतिमा विश्वकर्माको सुमधुर स्वरमा बाटो बर्खाको लोक दोहोरी गित बजारमा ल्याईसकेकी थिईन ।

जुन गित निकै चर्चामा रहेको थियो साथै बर्खाको समयका लागि सदाबहार गित पनि हो ।दुई दाजु बहिनी प्रतिमा विश्वकर्मा र ताराकान्त विश्वकर्माको संयुक्त प्रस्तुतीमा रहेको चन्चले तिम्रो बानी विषेश गरी युवापिढिहरु प्रति लक्षित गित हो । उक्त गित भित्र फेसबुकमा कुराकानी हुँदै भेट भए पछि माया भनेको २ दिनका लागि होईन जुगै जाने हुनु पर्दछ भन्ने सन्देश दिदै चोखो मायामा बाँधिने बाचा गरेका जोडीहरुको कथा बस्तु भेट्न पाईन्छ ।

यस गित सुर डिजिटल रेकर्डिङ स्टुडियो डिल्लीबजार काठमाण्डौमा रेकर्डिङ भएको भने म्युजिक एरेन्ज कुशल एरेन्जर रमेश सेन्चुरीले गरेका छन । साथै बाद्यबाधन तर्फ, सारङगीः कमल कुमार वि.क., बाँसुरीः रत्न बि.क. उत्सुक, अक्टोप्याड :राकेश सोनी, रिदम (मादल, तबला, ढोलक):भुवन गन्धर्भ को रहेको छ ।

गितको भिडियो निर्माण, फ्लिम तथा म्युजिक भिडियो कम्पनी जे.आर.सी. मिडिया अनामनगर काठमाण्डौले गरेको छ भने निर्देशन तथा सम्पादन निर्देशक जिवन सेन्चुरीले गरेका हुन । भिडियो निर्माण निकै फरक किसिमले गरिएको छ र भिडियो क्वालिटी फोर के क्वालिटीमा रहेको निर्देशक जिवन सेन्चुरीले बताएका छन् ।
(गित हेर्न यहाँ क्लिक गर्नुहोस्  )