कोभिड-१९: जापानमा एकैदिन १९ जनाको मृत्यु, १३,९२६ संक्रमीत

जम्मा निको भएका ३३११, मृतकको संख्या : ३७२

जापान,बैशाख,१४-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ७२ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ३७२ पुगेको हो ।

एकै दिन नयाँ ३७० जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार ९ सय २६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार ३ सय ११ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन १ सय ३० जना निको भएका थिए |

आईतबार बिहान सम्म जापानका विभिन्न ठाँउ, साईतामा, चिबा, आईची, खानागावा, हियोउगो, टोयामा केनमा एक एक जना त्यसैगरी ओसाका केनमा ६ जना र टोक्योमा ७ जना गरी १७ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १३ हजार ५२ जना संक्रमीत छन्,भने ३ सय ६० जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जनसंख्याको उच्च चाप रहेको राजधानी टोक्योमा अहिले सम्म ज्यान गुमाउनेको संख्या सय (१००)पुगेको छ । शनीवार मात्र ७ जनाको ज्यान गएको थियो ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ५९६ मृत्यु: २५ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८५ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६८ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६० जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४०जना, मृत्यु: १२ जना
९.साइतामा केनमा संक्रमित: ७९८ जना, मृत्यु: २४ जना
१०.चिबा केनमा संक्रमित: ८०० जना, मृत्यु: २२ जना
११.टोक्योमा संक्रमित: ३८३६ जना, मृत्यु: १०० जना
१२.खानागावा केनमा संक्रमित:९३९,मृत्यु: २५ जना
१३.निईगाता केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २२४ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२० जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ६२ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४७२ जना, मृत्यु: ३१ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९४ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: २९० जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१४७५ मृत्यु:८२ जना
२५. हियोउगो केनमा संक्रमित: ६२० जना,मृत्यु:२४ जना
२६.नारा केनमा संक्रमित: ७३ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित: ५७ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: २१ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४६ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ७२ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६०० मृत्यु:१५ जना
३६.सागा केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १०८ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४५ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३४ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १७५ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६६ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १७,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।