समाजसेवि मिलन मगरले गरे रतनपुरमा जर्सी र फूटबल सहयोग

बारा,कार्तिक,२१-पछिल्लो समय युबा नेता तथा व्यवसायी र समाजसेविको रुपमा परिचित बनीरहेका मिलन मगरले बारामा रहेको रतनपुर युनाइटेड युथ क्लबलाई जेन्सि सामाग्री वितरण गर्नु भएको छ । 

बारा जिल्लामा प्रत्यक बर्ष नेपालीहरुको महान पर्ब बिजया दशमी दिपावलि र छठ पर्वको अबसरमा जिल्ला नगर वडा स्तरिय खेल हुने गर्दछ। सोही अबसरमा निजगढ नगरपालिका ११ मा रतनपुर यूनाइटेड युथ क्लब रतनपुरीको आयोजनामा नगर स्तरिय खेल भैईरहेको छ। उक्त खेलको आयोजक टिम रतनपुर युनाइटेड युथ क्लबलाई समाजसेवि मिलन मगरले एक सेट जर्सी र फूटबल सहयोग गर्नु भएको हो ।

उक्त सामाग्री खेल उद्गघाटनको दिन सोमबार क्लबका अध्यक्ष सन्तोष कुबरलाई हस्तान्तरण गर्नु भएको थियो। मगरले सोही नगरपालिका साबिक रतनपुरी गाबिस स्तरिय खेल हुँदा निजगढ नगरपालिकाका लाल रिटर्न युबा क्लबलाई समेत २ सेट जर्सी बितरण गर्नु भएको थियो।

खेल नेपाल राष्ट्रिय मा. बि. निजगढ ११ को खेल मैदानमा कार्तिक १७ गते बाट भैरहेको छ ।अन्तिम खेल कार्तिक २८ गते हुने आयोजकले बताएको छ। खेलको रेफ्री र साहयक रेफ्रीमा पञ्चेस्वर गुरो, अजय गुरो, सियाराम कुबर, रहेका छन्,भने स्वयमसेवकमा मुनिलाल गुरो रहेका छन् । बारा जिल्ला खेलकुदको हरेक पुरस्कार जित्न सफल भैईरहेको छ भने अहिले खेलकुद मन्त्री समेत बारा जिल्लाकै हुनुहुन्छ ।