आज पिएसजीले अन्तिम पटक ओसाका गाम्बाको सामना गर्दै

खेल भरै बेलुकी ७:०० बजे सुरु हुनेछ !!

फाईल तस्विर !!

टोकियो,जापान,साउन,९-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज सोमबार ओसाका गाम्बा फुटबल क्लव संग तेस्रो अर्थात अन्तीम प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। 

खेल जापानको ओसाका स्थित पानासोनिक रंगशालामा ओसाका गाम्बा फुटबल क्लव संग जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोल र उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो। 

विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने ओसाका गाम्बा फुबल क्लवको बारे चर्चा गर्नु पर्दा !!

ओसाका गाम्बा कस्तो टिम ?

ओसाका गाम्बा एफसी १९८० मा माचुसिता ईलेक्ट्रक एससी नामबाट सुरु भई १९९१ मा उक्त नामबाट परिवर्तित भई ओसाका गाम्बा राखिएको थियो ।

यो क्लव १९९३ मा जे लीगको मूल सदस्य हुन सफल भएको थियो।या भनौं उक्त वर्ष देखि लिग खेलेको थियो ।

ओसाका गाम्बाले सबै भन्दा पहिले १९८३ मा जापानी एमेच्योर कप जितेको थियो । सोहि वर्ष कान्साई स्कोर लिग च्याम्पियन बनेको थियो ।त्यसपछि यो क्लवले १९९० मा जापान कमको उपाधी जितेको थियो । र लगातार उपाधी जित्दै आएको यो क्लवले १९९१ र १९९२ मा थाई क्वीन कप जितेको थियो । 

थाई क्वीन कप जितेपछि लगातार उपाधी विहिन हुदै आएको यो टिमले २००५ मा जापान कप जितेको थियो । सोहि वर्ष अर्थात २००५ र २००६ बाट यो क्लव एफसी च्याम्पियन लिग खेलेको थियो । र ओसाका गाम्बा क्लवले २००७ मा फेरि जापान लिग कपको उपाधी रचेको थियो ।यो क्लवले २००७ मै जापान सुपर कप पनि जित्न सफल भएको थियो । 

ओसाका गाम्बाले फेरि लगातार उपाधी हात पारि रहदा २००८ मा फेरि जापान कपको उपाधी जितेको थियो । यो क्लवले २००८ मै एफिसी च्याम्पियन लिग जित्दै (AFC Champions League Winner) ईतीहास रचेको थियो । यो वर्ष ओसाका गाम्बाको सबैभन्दा उपलब्धी मुलक वर्ष रह्यो । 

एक क्षत्र रुपमा जापान कपको राज गरेको यो क्लवले फेरि २००९ मा उपाधी जित्यो।लगातार एफसी च्याम्पियन लिगमा ध्यान दिएको क्लव २००९ देखि उपाधी विहिन रहदै च्यम्पियन लिग खेलिरहेको थियो । 

२०१२ मा यो क्लव जापान वान लिगबाट रेलिगेसन हुन परेको थियो।सो वर्ष क्लवका लागि दुखद रहेको थियो।त्यसपछि क्लवले निकै मेहेनत (गाम्बात्ते) गर्दै २०१३ मा जापान दोस्रो लिगको च्याम्पियन भएको थियो । जापान दोस्रो लिग च्याम्पियन भए संग यो टिम बढुवा भई जापान लिग वान का लागि छनोट भएको थियो ।

त्यसपछि लयमा देखिएको यो टिमले एकै वर्ष २०१४ मा ३ वटा उपाधी जित्दै फेरि ईतिहास रचेको थियो । उक्त वर्ष यो टिमले जापानीज कपको उपाधी,जापान लिग कप र जापान च्याम्पियन हुन सफल भएको थियो । २०१४ र २०१५ मा एएफसी कप खेले पनि सोचे अनुरुपको नतिजा निकाल्न भने सकेन । 

तर २०१५ मा भने २ वटा घरेलु उपाधी जित्दै टिमले आफूलाई सान्त्वना पारेको थियो । उक्त वर्ष जापान कप र जापान सुपर कप जितेको थियो ।२०१६ देखि उपाधी हात पार्न नसकेको यो टिम हाल सम्म जापानको सबैभन्दा बढी एएफसी कप खेल्ने टिममा पर्दछ ।

ओसाका गाम्बा क्लवमा कस्ता खलाडी छन् त ?

ब्राजीलका नामी युवा खेलाडी एन्डरसन पैट्रिक अगुयर ओलिभेरा र ब्राजुलकै लिआन्ड्रो परेराडले ओसाका गाम्बाका लागि मुख्य फवार्ड लाईन सम्हाल्ने गर्दछन्।यस्तै फर्वाडमा जापान राष्ट्रिय टिमका ताकासी उसामी पनि रहेका छन् ।

यस्तै डिफेन्डरमा जापान राष्ट्रिय टिमका जेन सोझि रहेका छन् ।यस्तै मिडफिल्डरमा दक्षिण कोरियाका केवन केयुग वन, जापान राष्ट्रिय टिमका मेसिनो, ब्राजिलका दावन रहेका छन् । भने गोलकिपरमा मासाकि हिगासीगुचीले आज गोल पोष्ट सम्हाल्ने छन् ।