नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै

नेपालगन्ज , फाल्गुन,०९-
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ।

´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो।
देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते नेपालगन्ज स्थित सिद्धार्थ कटेजमा सम्पन्न हुने छ।

प्रदेश न ५ का कोअर्डिनेटर भरत विष्टका अनुसार सिद्धार्थ कटेजमा आउँदो शुक्रबार र शनिबार विहान १० बजेदेखि साँझ पाँच बजेसम्म संचालन हुने शैक्षिक मेलामा देशभरका २५ वटा उत्कृष्ट शिक्षण संस्थाहरुको सहभागिता रहने छ ।

उच्च शिक्षाका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च शिक्षा उपलबध गराउने र उच्च गुणस्तरका शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरुलाई गराउने मुख्य उद्देश्यले यो मेलाको आयोजना गरिएको को.बिष्टले जानकारी दिनु भयो । मेलामा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले आवश्यक परामर्श प्राप्त गर्न सक्ने पनि विष्टले बताउनु भयो ।