रहेनन लोकप्रिय युवा नेता सांसद वली

काठमाण्डौं,फागुन,१०-

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित सांसद उत्तर कुमार वलीको काठमाण्डौं स्थित मिडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहिवार राति १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित सांसद वलीको पार्टीको केन्द्रीय स्तरसम्म राम्रो पकड भएको नेताका रुपमा चिनिन्थे ।उनी गत माघ २४ गते प्रदेश नं ५ को अस्थायी राजधानी बुटबलदेखि गृह जिल्ला दाङ जादा यात्रुबाहक बससंग उनी सवार कार एकआपसमा ठोक्किएर वली घाइते भएका थिए ।

उनलाई दुर्घटना भए पछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियोे । सांसद वलीले आफै चलाएको कारमा पश्चिम दाङका युवा संघका जिल्ला सदस्य तथा अर्का लोकप्रिय युवा नेता लिला नेपाली पनि संगै थिए ।

उनको उतिबेला लमहीमा उपचार गरी रिफर गरिएको थियो । अहिले उनको छातिमा समस्या देखिएपछि उपचारका लागि उनी पनि काठमाण्डौं गएका छन् । प्रदेश सरकारले सांसद वलीको उपचार खर्च व्यहोरेको घाइते लिला नेपालीले बताए ।