महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै

नेपालगन्ज,फाल्गुन,१०-
महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ।

उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए।

साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल नब्वर ९८४८६२९६८५ मा सम्पर्क गर्न सक्ने समेत संयोजक ढकालले बताए।

समितिको अध्यक्षमा जनकराज आचार्य ,सचिवमा माधव रिमाल र कोषाध्यक्षमा भविश्वर ज्ञवाली रहेका छ्न।

समितिले भजन, कृतन, बिबाह,ब्रतबन्ध, पुरोहित सेवा लगाएत अन्य सामजिक कार्य गर्दै आएको अध्यक्ष जनकराज आचार्यले बताए।