विमान दुर्घटनाको शोकमा आज सार्वजनीक बिदा,यती एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं,माघ,२-पोखराको सेती खोंचना आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्दै विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यसबैच : घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ।विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सरकारले सहजीकरण गर्ने जनाएको छ।

त्यसैगरी : पोखरामा आईतवार बिहान दुर्घटना भएको जहाज यती एयरलाइन्सले शोकमा आज आफ्नो निर्धारित सबै उडान रद्द गरेको छ ।

आईतवार एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ।दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।अन्य चार जनाको खोजी कार्य जारी रहेको छ।

हेर्नुहोस् सूचनाः