प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु

कालिकोट,पुस,७-

कालीकोटमा म्यादी प्रहरीको तलबमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीलाई दमन गर्न प्रहरीले चलाएको गोलीबाट एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुने म्यादी प्रहरी कालिकोट जिल्ला रासकोट नगरपालिका २ का विवेक ऐरी हुन्। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले फायरिङ खोलेको थियो। ऐरी गोली लागेर जिप्रकाको गेटमै ढलेका थिए।

रासनमा अनियिमतता भएको भन्दै यसअघि दोलखाको चरिकोटमा पनि म्यादी प्रहरीले आन्दोलन गरेका थिए। त्यहाँ प्रशासनले वार्ता गरी समस्या सुल्झाएको थियो।