आजको राशिफल ।। माघ २४ गते मंगलवार

काठमाडौं,माघ,२४-आज विक्रम संवत २०७९ साल माघ महिनाको २४ गते मंगलवार, (फेब्रवरी ७ तारिख ) माघ फाल्गुन द्धिर्तीया तिथि।

आज माघ २४ मंगलवारको राशीफल !!आज सुरक्षित ईन्टरनेट दिवस पनि रहेको छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ । 

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल