भारतलाई ३-१ गोलले हराउदै नेपाल फाइनलमा प्रवेश

भारतलाई हराउँदै नेपाल फाइनलमाकाठमाडौ,माघ,२५-नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।

बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक/एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् ।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो ।