तमुधी समाज फुकु‌ओका प्रथम भलिबल कपको उपाधि सुदूरपश्चिमेली समाजलाई

फुकुओका,चैत्र,२५-

तमुधी समाजले जापानको फुकुओमा शनीबार आयोजना गरेको प्रथम भलिबल कपको उपाधि सुदूरपश्चिमेली समाज फुकुओका जापानले जितेको छ ।

उक्त प्रतियोगिताको विजयी टिमले २ लाख ऐन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै प्रतीयोगीतामा उपविजेतामा चित्त बुझाउदै आयोजक टिम तमुधी क्युशु समाज फुकुओकाले १ लाख ऐन नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

‘युवालाई खेलकुद, स्वास्थ्यलाई खेलकुद’ नाराका साथ प्रथम भलिबल कपको उपाधि गरिएको आयोजक टिमले जनाएको छ ।